Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

कर्णालीका भुमीहिन नागरिकहरुद्धारा जग्गा उपलब्ध गराई दिन माग 

कर्णालीका भुमीहिन नागरिकहरुद्धारा जग्गा उपलब्ध गराई दिन माग 

images

सिआईएन

२८, मंसिर २०७७
कर्णालीका भुमीहिन नागरिकहरुद्धारा जग्गा उपलब्ध गराई दिन माग 
images

सुर्खेत, २८ मंसिर । कर्णालीका भुमीहिन नागरिकहरुले आफुहरुको लागि जग्गा उपलब्ध गराई दिन माग गरेका छन्। लामो समयदेखि भुमीहिन कर्णालीका नागरिकहरुले बस्ने बास र जग्गा उपलब्ध गराइदिन माग गरेका हुन्।
अमृत कुसाईँ सुर्खेत वीरेन्द्रनगर ७ मा सरकारी जग्गामा बस्दै आएको ३० वर्ष भयो। ५० बर्षिय कुसाईको घरपरिवार दैलेखबाट घरबार बिहिन भएर सुर्खेत झरेको थियो। उहाँको परिवार सहित ६४ घर परिवार यहाँ बस्दै आए पनि अहिले सरकारले त्यहाँ नबस्न भनिरहेको छ। अमृतको जस्तै पिडा नन्नकला विक सँग पनि छ। श्रीमानको मृत्युपछि ४ जनाको परिवार चलाउन समस्या भएको उहाँले बताउनुभयो। प्रेमबहादुर विकले भारतमा गई कमाएको रकमले जसोतसो ओत लाग्ने ठाउँ त बनाउनुभयो। तर नगरपालिकाले घर भत्काइ दिएपछि उहाँको सपना पनि भत्किएका छन्। यो वस्तीमा बस्ने कसैको पनि जग्गा छैन्। कर्णालीमा भएका भुमीहिन मध्य ९० प्रतिशत दलितहरु भएको तथ्याङ्क सरोकारवाला संघ, सस्था संग छ। भूमिहीन र सुकुम्बासीको समस्या समाधानका लागि सरकारले आयोग बनाए पनि कहिले जग्गा पाइएला र शान्तिका साथ घर व्यवहार चलाउँला भन्ने चिन्ता भूमिहीन सुकुम्बासीमा छ। 

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - १९:१३:३५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology