Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा स्कोर्पियो र मोटरसाईकललाई ठक्कर दिदै बिच सडकमै पल्टियो भारतीय ट्रक

मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा स्कोर्पियो र मोटरसाईकललाई ठक्कर दिदै बिच सडकमै पल्टियो भारतीय ट्रक

इच्छाकामना न्युज

२५, जेठ २०७९
मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा स्कोर्पियो र मोटरसाईकललाई ठक्कर दिदै बिच सडकमै पल्टियो भारतीय ट्रक
images

मुग्लिन, २५ जेठ । मुग्लिन–नारायणगढ सडकखण्डको बिच सडकमै मालवाहक ट्रक पल्टिएको छ । उक्त सडकखण्डको इच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलोमा आज दिउँसो करिब ४ बजेतिर स्कोर्पियो र मोटरसाईकललाई ठक्कर दिदै बिच सडकमै एचआर ६१ डि ७७०१ नम्बरको भारतीय मालबाहक ट्रक पल्टिएको छ। 

images
images

बिच सडकमै पल्टिएको उक्त ट्रकले ना ४ च २३३० नम्बरको स्कोरपियो र अर्को एक मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि स्कोरपियोमा रहेका १ जना यात्रु घाईते भएका छन्। घाईतेको उद्दार गरि थप उपचारको लागि भरतपुर पठाईएको छ । 

दुर्घटनाका कारण यतिबेला मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी भएको छ । सडकको बिचमै पल्टिएको उक्त ट्रकलाई हटाएर राजमार्ग दुई तर्फी खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिए।

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - १६:५६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology