Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आजदेखि बारपाकमा केन्द्रीय प्रसारण लाइनको विजुली बल्ने

आजदेखि बारपाकमा केन्द्रीय प्रसारण लाइनको विजुली बल्ने

इच्छाकामना न्युज

२९, मंसिर २०७७
आजदेखि बारपाकमा केन्द्रीय प्रसारण लाइनको विजुली बल्ने
images

गोरखा, २९ मंसिर । 
गोरखाको बारपाकमा आज देखि नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईन जडान हुने भएको छ। अहिलेसम्म स्थानीय घट्टे खोला स्थित लघु जलबिद्युत आयोजनाबाट बत्ती बाल्दै आएका बारपाकका स्थानीयबासीहरुले आजबाट केन्द्रिय प्रशारण लाईनबाट बिजुली बत्ती बाल्न पाउने भएका हुन् । 

images
images

बिद्युत लाइन जडानका लागि प्राबिधिक सहितको टोली हिजोदेखि नै त्यस क्षेत्रमा खटिएको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधब न्यौपानले जानकारी दिनुभयो। आज हामी बारपाकमा बत्ति बाल्छौ उनले थप प्रष्ट पार्नुभयो।

‘प्राबिधिकहरुको टोलीले त्यहाँ लाईन छुटेको छ छैन, बिद्युत चुहावट भएका छन् छैन त्यसको फिल्डमा पुगेर अध्ययन गर्ने काम गर्दै आएका थिए ।, आज पहिलो दिन वडा कार्यालयमा केन्द्रिय प्रशारण लाईनबाट बिजुली बाल्ने योजना छ । ‘वडा कार्यालयमा बिजुली बत्ती बालेसंगै क्रममा स्थानीयबासीहरुको घरमा केन्द्रिय प्रशारण लाईनको बिजुली जडान गर्दै जाने योजनामा छ ।’ उहाँले भन्नुभयो। अजिरकोट गाउँपालिकाको बालुवादेखि राङ्गरुङ्ग मान्द्रे हुदै वारपाकको विभिन्न स्थानसम्म निर्माण सम्पन्न हाइटेन्सन लाईनमा सोमबार देखि नै ११ हजार भोल्टेज प्रशारण÷प्रवाह गरिने हुदा विद्युतिय संरचनाहरुमा नछुन सवैलाई आग्रह समेत न्यौपानेले आग्रह गर्नुभएको छ।

पोल, तार, स्टेक, ट्रान्सफर्मर लगायत मा नजिक नजान, नछुन, आफ्ना वालवालिक तथा पशुचौपायहरुलाई नछोड्न त्यस क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरिएको छ। प्राधिकरण गोरखा बितरण केन्द्रले जानकारी लागि सवै तिर सूचना प्रवाह गरिसकेको भन्दै सूचनालाई अटेर गरि लापारवाही वस कुनै विद्युतिय दुर्घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जवाफदेहि नहुने जनाएको छ।

विद्युत प्रशारणको क्रममा कुनै पनि स्थानमा विद्युत तार चुडेको, स्पार्क भएको वा कुनै कैफियत देखेमा तत्काल प्राधिकरणको कार्यालयमा जानकारी गराउने समेत विद्युत प्राधिकरण गोरखा शाखाले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०९:३९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology