Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको नेपाली सेनाको निष्कर्ष 

विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको नेपाली सेनाको निष्कर्ष 

इच्छाकामना न्युज

२९, मंसिर २०७७
विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको नेपाली सेनाको निष्कर्ष 
images

काठमाण्डौ, २९ मंसिर । नेपाली सेनाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ। सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थालेका हुन् ।जंगीअड्डा स्रोतका अनुसार समूहले मोरङमा एक जना निहत्था नागरिकको हत्या गरेपछि निगरानी बढाउन प्रधानसेनापति थापाले सैनिकहरुलाई निर्देशन दिनुभएको छ। 
सेनाको कात्तिक पहिलो साता भएको पृतनापति सम्मेलनले पनि विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौतिका रुपमा विश्लेषण गर्दै गतिविधि बढाउनसक्ने भनेको थियो। व्यक्ति हत्या, जनसरकार घोषणा, विष्फोटन जस्ता गतिविधिलाई बढाउन थालेपछि समूहले हिंसा र आतंक र्सिजनालाई बढाउन खोजेको देखिएकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न सुक्ष्म निगरानी थाल्न प्रधानसेनापति थापाको निर्देशन छ। 
सेनापति थापाले हिउँदामा कोभिड–१९ भाइरसको सङ्क्रमण थप बढ्न सक्ने सम्भावनासमेत भएकाले सुरक्षा मापदण्ड पालना गर्दै सामुन्नेमा आउने परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न पनि निर्देशन दिनुभएको छ।

images
images

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - १९:५४:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology