Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भुसको भन्दा चैते धानको मूल्य कम

भुसको भन्दा चैते धानको मूल्य कम

इच्छाकामना न्युज

४, आषाढ २०७९
भुसको भन्दा चैते धानको मूल्य कम
images

झापा, ४ असार । गौरादह–४ नवराज बरालले १५ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए । धान ७५ मन फल्यो । तर, धानको मूल्य लगानी पनि नउठ्ने भएपछि चिन्तित छन्, उनी । चैते धानले मूल्य राम्रो नपाएपछि अर्को वर्ष चैते धान लगाउने कि नलाउने भन्ने दोधारमा छन्, उनी ।

images
images

‘चैते धानको त मूल्य नै छैन नि !,’ उनी भन्छन्, ‘खर्च पनि उठ्दैन । मनको ६ सयदेखि ६ सय ५० मात्र छ । अर्को वर्ष लगाउने कि नलगाउने भन्ने दोधारमा छु ।’ आजकाल खेतीमा काम गर्ने जनशक्ति पनि छैन । खेतीको काम सबै कृषि औजारबाट हुँदै आएको छ । यो खर्चिलो पनि रहेको उनी बताउँछन् । ‘उत्पादन खर्च बढेको छ । तर, लगानी पनि उठ्दैन । कसरी कृषि पेसा गर्ने ?,’ उनी भन्छन् । 

नमुना एकीकृत सहकारी खेतीले पनि चैते धान लगाएको छ । तर, चैते धानको मूल्य कम हुँदा समस्या भएको अध्यक्ष वेदनिधि चपागाईं बताउँछन् । ‘भुस प्रति केजी १५ रुपैयाँ पर्छ । चैते धान १२ देखि १५ रुपैयाँमा मात्र बिक्री हुन्छ । अनि धानभन्दा भुस सस्तो भएन ?,’ उनी भन्छन्,‘किसानको लागत नै उठ्दैन । बरु खेती नगर्दा त घाटा भएन नि त्यही भएर खेती नै नगर्ने अवस्था आएको छ ।’ 

सरका चैते धानको समर्थन मूल्य नतोक्दा पनि कृषक समस्यामा परेको उनी बताउँछन् । ‘सरकारले समर्थन मूल्य पनि तोक्दैन । अब समर्थन मूल्य तोकेर कृषकलाई प्रोत्साहन गर्नुपर्छ,’ उनी भन्छन् । समयमा मल नपाउने समस्या त्यहीँमाथि उत्पादन भएको धानले मूल्य नपाउँदा कृषक समस्यामा छन् । ‘मल समयमा पाइँदैन । पारि (भारत)बाट ल्याउनुपर्छ । च्तयो पनि डुब्लिकेट भइदिन्छ । किसानका दुःख कति कति,’ चापागाईं भन्छन् । 

यसपटक चैते धानको मूल्य विगतको तुलनामा निकै कम रहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । ‘यसपटक सधैँको भन्दा पनि मूल्य कम छ । हुनुपर्ने भन्दा कम छ । अहिले ६६० देखि ६८० सम्म छ,’ उनी भन्छन्, ‘चिसोमा धान काटिने भएका कारण चिसोमै बेच्दा कम हुन्छ । तर, चैते धानको मूल्य आठ सयदेखि हजार हुँदा मात्र कृषकको लगानी उठ्छ ।’

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - १८:५१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology