काठमाण्डौं, ३० मंसिर ।
आज पहाडी क्षेत्रको मौसम सफा रहे पनि तराईका क्षेत्रमा भने हुस्सु–कुहिरो लागेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश १ र २ मा दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो हुस्सु हट्ने अनुमान छ ।
बिहानदेखि दिनभरिसम्म हुस्सु लाग्ने भएकाले चिसोबाट जोगिन मौसमविद्कोे सुझाव छ ।
त्यस्तै काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । मौसमविद् नगरकोटीका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो ।
राति आकाश छ्याङ्ग खुलेकाले चिसो बढेको उहाँले बताउनुभयो । तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।
आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।