Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कोरोना संक्रमणबाट छाती रोग विशेषज्ञ वरिष्ठ डाक्टर बस्नेतको ज्यान गयो

कोरोना संक्रमणबाट छाती रोग विशेषज्ञ वरिष्ठ डाक्टर बस्नेतको ज्यान गयो

इच्छाकामना न्युज

३०, मंसिर २०७७
कोरोना संक्रमणबाट छाती रोग विशेषज्ञ वरिष्ठ डाक्टर बस्नेतको ज्यान गयो
images

काठमाण्डौं, ३० मंसिर । 
वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीन बस्नेतको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ।
नेपाल मेडिसिटी अस्पताल ललितपुरमा डा.बस्नेतको आइतबार बेलुकी उपचारका क्रममा ज्यान गएको श्रीमती डा.इन्दिा बस्नेतले जानकारी दिइन्।
नेपाल प्रहरी अस्पतालमा क्षयरोग विभागका संस्थापक डा. नवीनलाई केही समयदेखि क्षयरोगको संक्रमण भएको थियो ।
क्षयरोगको उपचार भइरहेको समयमा उनमा कोरोना पुष्टि भएपछि उनलाई केही दिनअघि नेपाल मेडिसिटी भर्ना गरिएको र उपचारको क्रममा आइतबार ६६ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

images
images

डा.इन्दिराले कोरोना संक्रमणले डा.नवीनमा एक्युट रेस्पिरेटरी डिस्ट्रेसको समस्या देखिएको र त्यही कारण निधन भएको जानकारी दिइन् ।

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - ०८:२५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology