Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

लिचीबाट लोभलाग्दो आम्दानी

लिचीबाट लोभलाग्दो आम्दानी

इच्छाकामना न्युज

५, आषाढ २०७९
लिचीबाट लोभलाग्दो आम्दानी
images

खोटाङ, ५ असार । खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लिची खेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् । रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–२ खार्पा, रावाबेँसी गाउँपालिका–५ दुबेकोल र रावाबेँसी गाउँपालिका–६ हौंचुरका किसानले सिजनमा लिची विक्री गरेर आयआर्जन गर्नेगरेका छन् ।

images
images

बोटमै प्रतिदाना एक रुपैयाँमा बिक्री हुने लिचीबाट स्थानीयले प्रतिघर वार्षिक सरदर ६०/७० हजार आम्दानी लिने गरेका छन् । लिचीको आम्दानीले घर खर्च र सामान्य बचत गर्न पुगेको कुभिन्डे लांघालीचोकका प्रेमबहादुर राना मगरले बताए । जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिचीले बजारमा राम्रो भाउ पाउने गरेको छ । लिची बिक्रीबाट रावाबेँसीमा वार्षिक करोडौँको रकम भित्रिने गरेको छ । 

कुभिन्डेको डाँडागाउँ, माझगाउँ, दम्कु, हाचेका लगायतका गाउँ लिची उत्पादनका लागि प्रख्यात छ । नहुनेको पनि दुई/चार बोट लिची छन् । रावाबेँसीमा लिचीका एउटै बोटमा कम्तीमा १३ हजारदेखि २४/२५ हजार दाना फल्ने गरेको छ । धेरैजसो लिची स्थानीयले बोटबाटै ठगेर बिक्री गर्न बजारमा लैजाने गरेका छन् । लिचीको झुप्पा दिक्तेल बजार, बाक्सिला, ऐसेलुखर्क बजार पुग्ने गरेको छ ।

कृषक आफैले पनि डोकोमा बोकेर लिची बजार पुर्‍याउने गरेका छन् । कतिपय लिची व्यापार तथा कोसेलीका रूपमा काठमाडौंसम्म पुग्ने गरेको छ । तर पछिल्लो समय कच्ची सडक बनेसँगै किसानले गाउँकै सडकमा लगेर लिची बिक्री गर्ने गरेका छन् । हाटबजारमा स्थानमा डोकाकोडोका लिची बिक्री गर्न राखिएको देखिन्छ । लिची पाक्ने सिजन सुरु भएसँगै दिक्तेल बजारमा डोकोभरी लिची बिक्री गर्न आउने महिला र पुरुषको भीड लाग्ने गरेको छ । यस बाहेक विभिन्न सभा, समारोह लगायतका कारण जमघट हुने ठाउँमा समेत लिचीले बजार लिने गरेको छ । 

जिल्लाका २४८ हेक्टर क्षेत्रफल लिची उत्पादनका लागि योग्य मानिन्छ । सल्ले, अर्खौले, खाल्ले, डम्बर्खुशिवालय, मात्तिम, रतन्छा, बुईपा, इन्द्रेणीपोखरी, बतासे, दुबेकोल, छोरम्बु, डुम्रेधारापानी, डिकुवा लगायतका किसानले समेत लिची खेती लगाउन थालेका छन् । 

 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - २१:०५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology