Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

पशुपति मन्दिर भोलीबाट खुल्ने, आज क्षमा पूजा 

पशुपति मन्दिर भोलीबाट खुल्ने, आज क्षमा पूजा 

इच्छाकामना न्युज

३०, मंसिर २०७७
पशुपति मन्दिर भोलीबाट खुल्ने,  आज क्षमा पूजा 
images

काठमाण्डौं, ३० मंसिर । 
कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर भोलीबाट खुल्ने भएको छ ।
आज बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । 
दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ ।दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने डा. ढकालले जानकारी दिनुभयो । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक विरोध गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि आज पशुपति प्राङ्गणमा विशेष पूजा गर्ने तयारी गरेका छन् ।

images
images

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - ०८:५८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology