Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखा शहिद लखन ७ का जनप्रतिनिधिलाई अगुवा क्षमता बिकास तालिम

गोरखा शहिद लखन ७ का जनप्रतिनिधिलाई अगुवा क्षमता बिकास तालिम

इच्छाकामना न्युज

५, आषाढ २०७९
गोरखा शहिद लखन ७ का जनप्रतिनिधिलाई अगुवा क्षमता बिकास तालिम
images

घैरुङ, ५ असार ।  शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा रहेको स्थानीय सभाका सदस्य र नवनिर्वाचित जनप्रतिनिधीलाई क्षमता विकास तालिम दिइएको छ । वडा नम्बर ७ बुंकोटको आयोजना तथा सोच नेपालको सहजीकरण र ब्यवस्थापनमा भएको तालिममा स्थानीय सभाका सदस्य, टोलका अगुवा, नागरिक समाज तथा जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

images
images

वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गैसस महासंघ गोरखाका उपाध्यक्ष हरि देवकोटा र सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले सहजीकरण गरेका थिए ।

कार्यक्रममा उद्घोषणका तरिका, पूर्व तयारी, कार्यक्रम तथा बैठक सञ्चालन र सहजीकरणका बिधी, प्रकृया, प्रस्तुतीकरणका सिप, सामाजिक परिचालन, संचार सामाग्री, सामाजिक सञ्जालको सदुपयोगका तरिका, असल नेता र नेतृत्वका गुण, विशेषता, काम कर्तब्य र जिम्मेवारी लगायतकाबारे जानकारी गराइएको थियो ।

त्यस्तै पालिकाको योजना तर्जुमाका प्रकृया र चरणहरु, बजेट निर्माणका विधी, योजना कार्यान्वयन तथा फरफारकका सरल तरिका, भुक्तानी प्रकृया, आवस्यक कागजात सम्भावित समस्या र चुनौतीका बारे समेत सहभागीलाई अभिमुखिकरण गराइएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । कार्यक्रममा नेतृत्व विकास सम्बन्धि प्रयोगात्मक प्रशिक्षण समेत गराइएको उनको भनाई छ ।

कार्यक्रममा वडा नम्बर ७ को स्थानीय सभाका प्रतिनिधी, टोलका प्रतिनिधी, महिला समुह, सहकारी समुह, युवा क्लब, जनप्रतिनिधी गरी ४० जना भन्दा बढीको सहभागिता रहेको बताइएको छ । यस वडामा सोच नेपालले पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत विगत ६ बर्षदेखि सशक्तिकरण, सुशासन प्रवद्र्धन, जनसहभागिता लगायतका क्षेत्रमा बिभिन्न गतिविधी र नीतिगत पैरवीका लागि अभियान सञ्चालन गर्दै आइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - २१:४५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology