Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अध्यादेशले नेकपामा विवाद् बढायो, आज स्थायी कमिटीमा छलफल हुने 

अध्यादेशले नेकपामा विवाद् बढायो, आज स्थायी कमिटीमा छलफल हुने 

अध्यादेशले नेकपामा विवाद् बढायो, आज स्थायी कमिटीमा छलफल हुने 

काठमाण्डौ, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)भित्रको विवाद थप बढेको छ। स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी भित्रबाटै सरकारको आलोचना हुन थालेको छ। 
आज बस्ने स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशकै विषयमा छलफल हुने नेताहरुले बताएका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै अध्यादेश ल्याएको भन्दै असन्तुष्ट बनेका नेताहरुले आजको बैठक अध्यादेशकै विषयमा केन्द्रित हुने बताएका हुन्। 
प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन्। ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ। अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्यले हिजो खुमलटारमा छलफल गरेका थिए। उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन दबाब दिने निष्कर्श निकालेको नेता भीम रावलले सीआईएनलाई जानकारी दिनुभयो। 
पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ। सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ। नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदको बैठक हिजो बेलुका बसेको थियो। बैठकले कुनै निर्णय भने गरेन। 
नयाँ अध्यादेश अनुसार अब अध्यक्ष सहित परिषदका बहुमत सदस्यको उपस्थितीमै बैठक बस्न सक्नेछ भने निर्णय गर्न पनि सक्नेछ। यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो। यसअघि पनि प्रधानमन्त्रीले पार्टीमा पराशर्म नै नगरी राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी ल्याएको अध्यादेश पार्टीभित्रैबाट विरोध भएपछि फिर्ता भएको थियो।

images

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - ०८:५२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology