Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

वैदेशिक रोजगार

फ्रि भिसा, फ्रिटिकट लागुभएन, मलेसिया जानेश्रमिकले तीन लाखसम्म बुझाउँदै  

फ्रि भिसा, फ्रिटिकट लागुभएन, मलेसिया जानेश्रमिकले तीन लाखसम्म बुझाउँदै  

सिआईएन

८, आषाढ २०७९
फ्रि भिसा, फ्रिटिकट लागुभएन, मलेसिया जानेश्रमिकले तीन लाखसम्म बुझाउँदै  

सुसिला श्रेष्ठ, काठमाडौँ, ८ असार । काम गर्ने वातावरण राम्रो भएका कारण मलेसियामा नेपाली कामदारको आकर्षण देखिए पनि फ्रि भिसा र फ्रिटिकट कार्यान्वयन हुन सकेको छैन ।  नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको श्रम सम्झौताअनुसार मलेसियाका रोजगारदाता कम्पनीहरूले शून्य लागतमा नेपाली कामदार भर्ना गर्नुपर्ने व्यवस्था छ ।

images

नेपाली कामदारहरूको भिसा तथा टिकटको शुल्क रोजगारदाताले नै व्यहोर्नेुपर्ने भए पनि मलेसिया जानेहरूले कम्तिमा एक लाखदेखि तीन लाखसम्म खर्च गरिरहेका छन् । मलेसिया जाने तयारीमा रहनुभएका सर्लाहिका रामबहादुर खत्रीले आफुसँगै अन्य ११ जनाको समुहले एक लाख रुपैयाँ तिर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

वैदेशिक रोजगार विभागले भने रकम तिरेर नजान बरु उजुरी गर्न आग्रह गरेको छ । मलेसिया जान मेनपावर कम्पनीले रकम मागे विभागमा उजुरी गर्न विभागका निर्देशक तथा सुचना अधिकारी कृष्णप्रसाद भुसालले अनुरोध गर्नुभयो ।

मलेसियाका लागि सरकारले सेवा शुल्क वापत १० हजार रूपैयाँ लिनसक्ने व्यवस्था छ । विभागको तथ्याङ्क अनुसार हाल मलेसियामा करिव तीन लाख नेपाली कार्यरत छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश जारी गरेपछि झण्डै दुई वर्षदेखि बन्द रहेको रोजगारी आवेदनको काम तीन महिना अघि मात्रै खुल्यो । यो बीचमा झण्डै ६ हजार नेपाली कामदार मलेसिया गईसकेका छन् । 

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:०५:३६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology