Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङका महिलाहरुले उत्पादन गरेको खरीे पिडालुले बजार पाउँदै 

धादिङका महिलाहरुले उत्पादन गरेको खरीे पिडालुले बजार पाउँदै 

रेखबहादुर गुरुङ

१, पौष २०७७
धादिङका महिलाहरुले उत्पादन गरेको खरीे पिडालुले बजार पाउँदै 

धादिङ, १ पुस । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का महिलाहरु पिडालु खेतितर्फ आकर्षित भएका छन्। परम्परागत रुपमा खेती गर्दै आएका त्यहाँका महिलाहरुले व्यवसायिक रुपमै पिडालुखेती गर्न थालेका छन्। एकाध घर परिवारलेमात्र पिडालु खेती गर्दै आएका उनीहरुले समुहमा आवद्ध भएर खेती थालेका हुन्। 
साविकको खरि गाविसको वडा ६ र ९ का जौवारी, आलेगाउँ र ढाँडा गाउँकामहिलाहरुले सामूहिक रुपमा पिडालु थालेका हुन्। जनकल्याण महिला समूह, चिसापानी महिला समूह लगायतका समूह गठन गरि महिलाहरु खेतीमा लागेका छन्। महिलाहरुले करिब ९० रोपनी जग्गामा २५ टन स्थानीय खरि जातका पिडालु उत्पादन गरेका छन्। 
उत्पादित पिडालु गाउँबाटै प्रतिकेजी ३० रुपैयाँमा विक्री गर्दै आएको उनीहरुले बताएका छन्।  पिडालु खेती गर्ने कृषक समूहलाई वडाले प्रत्येक वर्ष अनुदान दिंदै आएको छ।  
खरी पिँडालु प्रवद्र्धन कार्यक्रम अन्तरगत रोपनीको ३ हजार रुपैयाँका दरलेअनुदान दिँदै आएको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो। वडामा बजेट कम हुने भएकाले विभिन्न संघ संस्थासँग समन्वय गरि पिडालु खेतीलाई थप प्रवद्र्धन गर्दै लैजाने अध्यक्ष काप्रीले बताउनुभयो। पौष्टिक तत्वयुक्त पिडालु खेतीलाई विस्तार गर्नको लागि किसानहरुको माग अनुसार काम गर्दै जाने उहाँले बताउनुभयो। किसानले अहिले ड्राई मेसिन अर्थात गाभा सुकाउने मेसिन माग गरेका कारण आगामी वर्षको बजेटमा मेसिन खरिदको लागि बजेट विनियोजन गरिने उहाँको भनाइ छ। 

images

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - ०९:२८:३७ बजे

रेखबहादुर गुरुङ

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology