रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ। गएराति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराएसँगै रियल ला लिगाको शीर्ष तीनमा उक्लिएको हो।
जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ। गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ। बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औंं स्थानमा छ।