Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

कोभिड १९ को कारण देखाउदै आँबुखैरेनीको रामशाह माविमा कार्यरत डेढ दर्जन शिक्षक निष्कासित

कोभिड १९ को कारण देखाउदै आँबुखैरेनीको रामशाह माविमा कार्यरत डेढ दर्जन शिक्षक निष्कासित

images
कोभिड १९ को कारण देखाउदै आँबुखैरेनीको रामशाह माविमा कार्यरत डेढ दर्जन शिक्षक निष्कासित
images

तनहुँ, १ पुस । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको छनोटमा नमूना विद्यालयका रूपमा घोषित तनहुँ आँबुखैरेनीमा रहेको रामशाह माविका दुई दर्जन शिक्षक शिक्षिका पीडित भएका छन् । कोभिड–१९ को महामारीले विश्व प्रभावित भएका बेला प्रधान अध्यापक र व्यवस्थापन समितिका अध्यक्ष मिलेर निजी स्रोतका शिक्षकलाई आकस्मिक रूपमा अवकाशको पत्र थमाएका छन् ।

विद्यालयले गत जेठ महिनामा आर्थिक कारण देखाउँदै ‘पछि आवश्यक परेमा पुनर्नियुक्ति दिन सक्ने’ भन्दै दुई दर्जनभन्दा बढी शिक्षक शिक्षिकाको जागिर खोसेको थियो ।
२५ वर्षदेखि निरन्तर विद्यालयमा सेवारत शिक्षकलाई समेत जागिरबाट हटाएपछि शिक्षकहरु रुष्ट भएका छन् । विद्यालयको शैक्षिक उन्नयनमा लामो समयदेखि खटेका लगनशील शिक्षकहरूलाई नियतपूर्वक हटाइएको यस घटनाप्रति स्थानीय बुद्धिजीवी एवम् अभिभावकले आक्रोश व्यक्त गरेका छन् ।

हटाइएका शिक्षकको पुनर्वहालीको माग गर्दै अभिभावक, भूतपूर्व विद्यार्थी मञ्च एवम् स्थानीय बुद्धिजीवी मंसिर ३० विद्यालय पुगेका थिए । साथै उनीहरूले निष्काशित शिक्षकलाई विना कुनै सर्त पुनर्वहाली गर्नुपर्ने अडानसमेत राखेका छन् ।

जुन जुन शिक्षकले राम्रो अध्यापन गराउँछन्, तिनै शिक्षकलाई विद्यालयबाट निष्काशन गरिएको भन्दै अभिभावकहरू बढी नै आक्रोशित हुँदै विद्यालयमा पुगेका थिए । विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीले आफूलाई पढाउने पुरानो शिक्षकलाई नदेखेपछि जिज्ञासा राख्दा मात्र ती शिक्षकलाई विद्यालयले निष्काशन गरेको थाहा भएको सहभागी एक अभिभावकले बताए ।

कोभिडका कारण बन्दा विद्यालय पुनः सञ्चालनमा आइसकेको छ । तर प्रअ र विद्यायल व्यवस्थापन समिति अध्यक्षका निकटका शिक्षकहरूलाई मात्र पुनः अध्यापनका लागि बोलाइएको एक स्थानीयबासीले जानकारी दिए । पुनर्नियुक्ति पाउन निजी स्रोतका शिक्षकहरू माग गर्दै दिइएको निवेदनप्रति विद्यालयले असमति जनाएको छ ।

डेढ दर्जन शिक्षकहरूले आफूमाथि अन्याय भएको भन्दै न्यायको याचना राखी संयुक्त हस्ताक्षर गरी आँबुखैरेनी गाउँपालिकासमक्ष गत असार १४ गते निवेदनसमेत दिएका थिए । उनीहरूले गाउँपालिका, शिक्षा समिति, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय, दमौली समेतलाई बोधार्थसमेत पठाएका थिए । आफूहरूमाथि आर्थिक शोषणसमेत भएको भन्दै न्यायको याचना गर्दै उनीहरूले निवेदन दिएका थिए । निवेदनउपर विद्यालय प्रशासन, गाउँपालिका र शिक्षा समन्वय इकाई कतैबाट पनि कुनै सुनुवाई नभएकोमा पीडित शिक्षकहरू निराश भएका छन् ।

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - १३:१२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology