Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीमा भिआईए जाँच शिविर आजबाट सुरु 

आँबुखैरेनीमा भिआईए जाँच शिविर आजबाट सुरु 

आँबुखैरेनीमा भिआईए जाँच शिविर आजबाट सुरु 
images

आँबुखैरेनी, १ पुस । तनहुँको आँबुखैरेनी स्वास्थ्य चौंकीमा महिलाहरुको स्तन तथा पाठेघर सम्बन्धि समस्या भएकाहरुको लागि भिआईए जाँच शिविर आजबाट सुरु भएको छ। आँबुखैरेनी स्वास्थ्य शाखाको आयोजनामा अवष्टेट्रिक फिस्टुला र पाठेघर खस्ने रोगीको स्क्रिनिङ्ग र रिङ पेशरी राख्ने तथा भिआईए जाँच शिविर सुरु भएको हो। 
भोलि सम्म चल्ने शिविरको पहिलो दिन आज ५० जना महिलाहरुले भिआईए जाँच गराएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्ययले जानकारी दिनुभयो। शिविरमा २ जना डाक्टरहरु सहित अन्य तालिम प्राप्त स्वास्थ्यकर्मीहरु खटिएका छन्। 
यस अघि पनि आँबुखैरेनी स्वास्थ्य शाखाले गत मंसिर २६ र २७ गते आँबुखैरेनी गाउँपालिका–६, प्युघर र मंसिर २९ र ३० गते छिम्केश्वरीमा भिआईए जाँच शिविर संचालन गरिसकेको छ।

images
images

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - २०:०६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology