Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

उपत्यकामा आज यो वर्षको धेरै जाडो, मधेसमा विहानै देखि हुस्सु

उपत्यकामा आज यो वर्षको धेरै जाडो, मधेसमा विहानै देखि हुस्सु

उपत्यकामा आज यो वर्षको धेरै जाडो, मधेसमा विहानै देखि हुस्सु
images

काठमाण्डौं, २ पौष । 
काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।
यसअघि हिजो उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । रातको समयमा बादलले आकाश नढाकेकाले चिसो बढेको मौसमविद मञ्जु बासीले बताउनुभएको छ । यद्यपि दिउँसो १७–१९ डिग्री सेल्सियससम्म तापक्रम रहने उनले बासीले बताउनुभयो । 
यस्तै आज बिहानैदेखि तराई अधिकांश भू–भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । रातको समयमा हुस्सुसहित शीतलहर पर्न थालेपछि तराईका जिल्लामा ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा पर्न थालेका छन् । 
तराईमा दिउँसोसम्म नै हुस्सु लाग्ने र घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले जनाएका छन् । हुस्सु र कुहिरोले पारदर्शीतामा कमी भएकाले यात्रामा सजग रहन पनि महाशाखाले आह्वान गरेको छ । आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

images
images

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०८:५१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology