Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कुरिनटारको सर्वशान्ति माविमा विद्यार्थीको लागि बस सेवा सुरु

कुरिनटारको सर्वशान्ति माविमा विद्यार्थीको लागि बस सेवा सुरु

इच्छाकामना न्युज

१५, आषाढ २०७९
कुरिनटारको सर्वशान्ति माविमा विद्यार्थीको लागि बस सेवा सुरु
images

कुरिनटार,१५ असार । चितवनको इच्छाकामना ४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यामिक विद्यालय कुरिनटारले पहिलो पटक विद्यालय बस सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरुलाई विद्यालय सम्म आउजाउका लागि सहज बनाउन विद्यालय बस सञ्चालनमा ल्याएका हुन् ।

images
images

बस सेवाको आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल र निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले विद्यालय बस सञ्चालनसगैँ विद्यालयमा आउन जान सहज हुदाँ विद्यार्थीको संख्या बढ्ने र पढाइलाई निरन्तरता दिन सक्ने अवस्था हुने विश्वास व्यक्त गर्नुभयो । विशेष गरि शैक्षिक गुणस्तर बृद्धि गर्न तर्फ लाग्न आग्रह गर्नुभयो।

अध्यक्ष गुङले भन्नुभयो, विद्यालय बस सञ्चालनसगैँ आवतजावत सहज हुदैँ गर्दा विद्यालयमा भर्ना दर बढोस,विद्यालयमा निरन्तर हुने दर बढोस् विद्यार्थी टिकीरहने दर बढीरहदाँ विद्यार्थीहरुको सिकाई क्षमतामा पनि वृद्धि होस् परिक्षामा पनि राम्रो रिजल्ट आओस शुभकामना दिन चाहन्छु ,। उहाँले बसको व्यवस्थापन र संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । विद्यालय छात्राबास चाडोँ सम्पन्न गर्नका लागि अग्रसर बन्न विद्यालय व्यवस्थापनलाई आग्रह गर्दै अध्यक्ष गुरुङले गाउँपालिकाबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो।

289365555_2720974701370889_6098528460490237937_n.jpg

गाउँपालिका निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकाको निति तथा कार्यक्रममा समेटिएको एक विद्यालय एक बस कार्यक्रम अनुसार गत आर्थिक बर्षमा माग भए बमोजिम दुई वटा विद्यालयका लागि गाउँपालिकाले बजेट उपलब्ध गराएको बताउनुभयो। धेरै विद्यालयलाई आवहान गरेपनि सर्वशान्ति मावि कुरिनटार र राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङले मात्र माग गरेको उहाँको भनाई छ ।

साथै उहाँले हातिवाङ माविमा छात्राबास सञ्चालनमा आएको र सर्बशान्ति माविमा निर्माण भइरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सिलवालले निर्माणधिन छात्रावासका लागि गाउँपालिकाले यस बर्ष रु १० लाख विनियोजन गरेकोमा धन्यावाद दिनुभयो । तर १० लाखले पिल्लर मात्र पनि निर्माण गर्न नसकिने भन्दै कसरी हुन्छ थप बजेट उपलब्ध गराउन अनुरोध गर्नुभयो । गाउँपालिकाबाट नभए अन्य निकायबाट भएपनि बजेट उपलब्ध गराउन सहयोग गरिदिनुहुन गाउँपालि अध्यक्षलाई आग्रह गर्नुभयो ।

साथै भौतिक निर्माण सगैँ शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो। “भौतिक उन्नतीका कामहरु भइरहेको छन् हाम्रो एउटै मात्र चिन्ता छ शैक्षिक गुाण्स्तरको, हिजो कोभिडले गर्दा लगातार पास गर्ने राज्यको निति अनुसार सजिलै पास हुदैँ गए , भाइबहिनीहरुमा पढ्ने बानी छुटिसक्यो, त्यसैले यो अवस्थामा शैक्षिक गृणस्तरको परिकल्पना गरेका छौँ, शैक्षिक गृणस्तरका लागि गुरु बर्गहरुलाई प्रतिशतको आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौँ, सिलवालले भन्नुभयो ।”

विद्यालयका प्रधानाध्यापक जोहन खरेलले अब प्राविधिक धारको कक्षा अनिवार्य सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राविधिक शिक्षाका लागि प्रयाप्त जग्गा चाहिने भएकाले विद्यालयको स्वामित्वमा रहेको बस्ती उठाउन आवश्यक रहेको बताउनुभयो । उक्त जग्गामा बहुतले भवन निर्माण गरि विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आइसकेको उहाँको भनाई छ ।
इच्छाकामना गाउँपालिकाको अनुदान र चन्दाताहरुको सहयोग तथा विद्यालयको आन्तरिक श्रोतबाट विद्यालय बस सञ्चालनमा आएको हो ।

रु ३१ लाख ५० हजारमा बस खरिद गरेको विद्यालयले जनाएको छ । जसमध्ये गाउँपालिका बाट रु १५ लाख ५० अनुदान र चन्दादाता तथा विद्यालयको रु १६ रहेको छ ।

 

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - २०:३४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology