लियोनल मेस्सीका पिता तथा एजेन्ट जोर्ज मेस्सी बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउसँग भेट गरेका छन् । लियोनल मेस्सीको भविष्यका बारेमा छलफल गर्न उनले बार्तोमेउसँग भेट गरेका हुन् । उक्त भेट ९० मिनेट चलेको थियो जसमा प्रतिनिधि र मेस्सीका पिताको भेटवार्ता भयो ।
३३ वर्षका मेस्सीले गएको हप्ता क्लबसँगको २० वर्षको सहकार्य अन्त्य गरी बाहिरिन चाहेको बताएका थिए। बुधबार मेस्सीका पिता र बार्सिलोनाका अध्यक्षबिच भएको वार्तामा ठोष निष्कर्ष ननिस्किएको र थप वार्ता हुने स्पेनिस फुटबल पत्रकार गिलिएम बालागेले बताएका छन् ।
तर सहमतिको मार्गमा वार्ता अघि बढेको आँकलन गर्न सकिने उनले उल्लेख गरेका छन् । जसको कारण हाल मेस्सीको बार्सिलोना बसाइ हुने सम्भावना ९० प्रतिसत रहेको समेत बताइएको छ ।
मेस्सीलाई इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अनुबन्धित गर्ने सम्भावना अति बलियो देखिएको छ । क्लबले मेस्सीलाई यसअघि नै मनाइसकेको र अब दुई क्लबबिच सहमति हुन बाँकी रहेको बताइन्छ ।