Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तेह्रथुमको छथर गाउँपालिकाका किसानलाई परिचय पत्र वितरण 

तेह्रथुमको छथर गाउँपालिकाका किसानलाई परिचय पत्र वितरण 

इच्छाकामना न्युज

१६, आषाढ २०७९
तेह्रथुमको छथर गाउँपालिकाका किसानलाई परिचय पत्र वितरण 
images

विकास गुरुङ, तेह्रथुम, १६ असार । तेह्रथुमको छथर गाउँपालिकाले किसानलाई परिचय पत्र वितरण गरेको छ ।

images
images

खेतीयोग्य जमिन बाँझो छाड्न नपाईने नियम वनाएको गाउँपालिकाले किसानलाई सुविधा र सहुलियत दिनकै लागि एक नम्वर प्रदेशमै पहिलो पटक किसान परिचय पत्र वितरण शुरु गरेको अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो । किसानलाई परिचय पत्र वितरण, वास्तविक किसानको पहिचानका लागि परिचय पत्र वितरण गरिएको अध्यक्ष लिम्बुको भनाइ छ ।

किसानका घर घरमै पुगेर लगत सङ्कलनगरि डिजिटल प्रविधिको परिचय पत्र वितरण गरिएको हो । गाउँपालिका क्षेत्र भित्र तीन हजार ६ सय घरधुरीको बसोवास छ । यि घरधुरीमध्ये दुई हजार सात सय १८ घरधुरी कृषि पेशामा आवद्ध छन् । 

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०९:०७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology