Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको प्रहरी चौकी नजिकै रहेको रिजोन होटलबाट लाखौ रुपैयाँ नगद सहित १३ जुवाडे पक्राउ

आँबुखैरेनीको प्रहरी चौकी नजिकै रहेको रिजोन होटलबाट लाखौ रुपैयाँ नगद सहित १३ जुवाडे पक्राउ

इच्छाकामना न्युज

२१, आषाढ २०७९
आँबुखैरेनीको प्रहरी चौकी नजिकै रहेको रिजोन होटलबाट लाखौ रुपैयाँ नगद सहित १३ जुवाडे पक्राउ
images

आँबुखैरेनी, २१ असार । जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी बजारबाट १३ जना जुवाडे पक्राउ गरेको छ । आँबुखैरेनी गाँउपालिका वडा नं ३ आँबुखैरेनी बजार स्थित ईलाका प्रहरी कार्यालयको आडैमा रहेको रीजोन.होटल एण्ड खाजाघरबाट जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरिक्षक राजकुमार वि.क. कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गएराती १२ बजे जुवाडेहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १ लाख ८० हजार रुपैयाँ नगद समेत बरामद गरेको छ। पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र जुवा ऐन अन्तर्गत मुद्दा दर्ता हुने जिल्ला प्रहरी कर्यालय तनहुँले जनाएको छ । इलाका प्रहरी कर्यालय आँबुखैरेनीको आडमा रहेको होटलमा नियमित रुपमा जुवा खेलाउने गरेको सुचना पाएपछि प्रहरी टोलीले छापा मारेको थियो । जुवा खेल्नेमा तनहुँ र गोरखा र चितवका रहेको प्रहरीले जनाएको छ ।

images
images

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - १३:०२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology