Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

टिकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला

टिकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला

टिकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला

कैलाली ,३ पुस । टिकापुर घटनामा जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । चौधरी उपर डोटी उच्च अदालतले जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै कैलाली जिल्लाबाट तीन बर्षको जेल सजाय पाएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला गरिएको छ ।

images

कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको हत्याको मुद्धामा उनीहरुलाई अभियुक्त बनाईएको थियो । लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला भएको छ । जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेका छन् ।

सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ ।

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय सुनाइएको छ । उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा स्विकारेका थिए ।

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ ।

चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ । विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको छ । रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो । करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको छ ।

रेशम चौधरी हाल डिल्लीबजार कारागारमा सजाय भोगिरहेका भने लक्ष्मण थारु यसअघि जिल्ला अदालत कैलालीले तोेकेको सजाय भोगेर छुटिसकेका छन् । जन्मकैदको फैसला सुनाइएका रेशम चौधरीलाई यसअघि जेलबाटै सिंहदरबार लगेर तात्कालीन सभामुख कृष्णबहादुर महराले सांसद पदको शपथ खुवाएका थिए ।

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ०८:४५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology