काठमाण्डौ, २३ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आवद्ध हुनुभएको छ । उहाँलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल)ले अनुबन्ध गरेको हो । अब सन्दीपले जमैका तलाबाजबाट खेल्नुहुनेछ ।
उहाँले जमैकाबाट दोस्रोपटक खेल्न लाग्नुभएको हो । सन् २०१८ देखि २०२० सम्म तीन संस्करण सिपिएलको अनुभव बटुल्दा सन्दीपले २२ खेलमा २७ विकेट लिनुभएको थियो ।
यसैबीच ८ असोजदेखि ५ कात्तिकसम्म नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी–२० लिग हुँदैछ । क्यानले नेपाल टी–२० लिग होम तथा अवेको आधारमा आयोजना गर्ने तयारी गरेको छ । नेपाल टी–२० लिग समयमै भए सन्दीपले सिपिएल गुमाउन सक्ने सम्भावना छ ।