Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

काठमाडौँ उपत्यकामा साउन २१ देखि लगाइएको जोरबिजोर प्रणाली हट्यो 

काठमाडौँ उपत्यकामा साउन २१ देखि लगाइएको जोरबिजोर प्रणाली हट्यो 

काठमाडौँ उपत्यकामा साउन २१ देखि लगाइएको जोरबिजोर प्रणाली हट्यो 
images

काठमाण्डौ, ३ पुस । काठमाडौँ उपत्यकामा साउन २१ देखि लगाइएको जोरबिजोर हटेसँगै सबैखाले सवारीसाधन गुड्न थालेका छन्। जोरबिजोर हटेसँगै सवारीसाधनमा यात्रुको चाप घटेको छ भने उपत्यकाका सडकमा सवारीको चाप बढेको छ । 
जोरबिजोर लागू हुँदासमेत सवारी साधनको चाप बढेको काठमाडौँ उपत्यकामा फेरि जामको समस्या पूर्ववत अवस्थामै पुगेको छ । कार्यालय समय र छुट्टीको समयमा उपत्यकामा धेरै जाम हुँदै आएको छ ।यद्यपि जोरबिजोर लागू हुँदा सीमित सवारीसाधनमा हुँदै आएको यात्रुको चाप घट्ने अपेक्षा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । अब यात्रु तथा सवारीसाधन सञ्चालकले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको अनुगमन तीब्र पारिने उहाँको भनाई छ । 
हिजो स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य गर्ने सहमति भएको थियो ।जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी र मजदूरहरुले जोरबिजोर प्रणालीको अवज्ञा गर्ने चेतावनी दिएसँगै प्रशासन आफ्नो पूर्ववत निर्णयबाट पछि हटेको थियो ।

images
images

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ०९:०२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology