Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कोरोनाको सङ्क्रमणबाट बचेर विवाह पञ्चमी मनाउन राष्ट्रपति भण्डारीको आग्रह

कोरोनाको सङ्क्रमणबाट बचेर विवाह पञ्चमी मनाउन राष्ट्रपति भण्डारीको आग्रह

कोरोनाको सङ्क्रमणबाट बचेर विवाह पञ्चमी मनाउन राष्ट्रपति भण्डारीको आग्रह
images

काठमाण्डौ, ४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको शुभ कामना दिनुभएको छ । शुभ कामना सन्देश दिँदै उहाँले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्वान गर्नुभएको छ ।
माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मार्ग शुल्क पञ्चमीका दिन मनाइने विवाह पञ्चमीको अवसरमा राष्ट्रपतिले शनिबार दिनुभएको शुभकामना सन्देशमा सो आह्वान गर्नुभएको हो । राष्ट्रपति मण्डारीले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाह पञ्चमी पर्वले सबै नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । 
राष्ट्रपति भण्डारीले राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न विवाह पञ्चमी पर्वले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०९:४४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology