Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ठूला डिजिटल प्रविधि कम्पनीहरू विश्वव्यापी मानवअधिकारको निर्धारक हुन सक्दैनन्

ठूला डिजिटल प्रविधि कम्पनीहरू विश्वव्यापी मानवअधिकारको निर्धारक हुन सक्दैनन्

ठूला डिजिटल प्रविधि कम्पनीहरू विश्वव्यापी मानवअधिकारको निर्धारक हुन सक्दैनन्

ठूला डिजिटल प्रविधि कम्पनीले अधिक पैसा कमाउन शक्ति अभ्यास मार्फत सूचना प्रवाहमा हेरफेर गर्दा सत्य र प्रजातन्त्र सधैं आक्रमणमा परिरहने गरेकामा मानव अधिकार र सूचना स्वतन्त्रताको क्षेत्रमा काम गरिरहेका विश्वभरका नागरिक समाजका २९ संगठनहरूले चिन्ता प्रकट गरेका छन् ।

images

प्रविधिसम्बन्धी केही अमेरिकी कम्पनीहरूले डिजिटल युगमा विश्वव्यापी मानवअधिकारमाथि अधिकतम नियन्त्रणको अभ्यास गरिरहेका छन् । ‘यो अवस्थामा परिवर्तन हुनैपर्छ’– ती संस्थाहरूले भनेका छन् ।

अमेरिकामा हाल बहसमा रहेको नवप्रवर्तन तथा छनौट सम्बन्धी अनलाइन विधेयक र ओपन एप मार्केट्स विधेयक पारित गरेर यस खतरनाक प्रभुत्वको सामना गर्न अमेरिकी कंग्रेसलाई आह्वान गर्दै ‘एक्सेस नाव’ लगायतका संस्थाहरूले वक्तव्य जारी गरेका हुन् ।

यी विधेयकहरूमा गुगल, युट्युब, फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप मार्फत् प्रभाव फैलाउने प्लेटफर्महरू अल्फाबेट र मेटा कम्पनी तथा मानिसहरूलाई अनलाइनमा सुरक्षित राख्न असफल रहेका एप्पल र अमेजन जस्ता कम्पनीहरूलाई जवाफदेही बनाउने शक्ति छ । साथै तिनीहरूमार्फत भैरहेको डाटा प्रभुत्वको दुरुपयोग र डाटा निगरानीको अन्त्य गर्ने ताकत पनि यी नयाँ प्रस्तावित कानूनमा रहेको छ ।

“सिलिकन भ्यालीका केही सीईओहरूमा मानवअधिकारसम्बन्धी जानकारी प्रजातान्त्रिक रूपमा निर्वाचित जनप्रतिनिधिभन्दा बढी रहेझैं लाग्छ,” एक्सेस नावकी नीति तथा एड्भोकेसी म्यानेजर जेनिफर ब्रोडीले भन्नुभयो– “यो मूलत: हास्यास्पद छ । अब लापरबाहीको शासन समाप्त भएको छ । तुरुन्तै घरेलु निगरानीमार्फत पुँजीपतिहरूलाई तत्काल नियमन गर्नुपर्दछ र विश्वभरि मानवअधिकार हननलाई सहयोग गरिरहेका ठूला प्रविधि कम्पनीको लज्जाजनक इतिहासको अन्त्य गर्नुपर्छ।”

अमेरिकाका यी डिजिटल प्लेटफर्महरूले मानवअधिकार उल्लङ्घन र असमानताहरू बढाउनमा भूमिका खेल्छन् । खतरनाक दुष्प्रचारलाई विस्तार गरेर र लक्षित समुदायहरू विरुद्ध संवेदनशील तथ्याङ्क (डेटा) लाई हतियार बनाएर, यी कम्पनीहरूले मानव अधिकारमा प्राहार गरिरहेको ती संस्थाहरूको आरोप छ । वक्तव्यमा भनिएको छ– फिलिपिन्समा मानवअधिकार रक्षकहरू विरुद्ध आक्रमण तथा इथियोपियामा जातीय हिंसा बढाउने काम गरेको तथा विश्वमा सत्य र यथार्थको प्रभावलाई ध्वस्त बनाइरहेका छन् ।

हाम्रो आर्थिक, सामाजिक र राजनीतिक जीवनमा ठूला प्रविधि कम्पनीको धेरै ठूलो शक्तिलाई लामो समयदेखि ख्याल गरिएकै छैन, विश्वव्यापी संस्था आर्टिकल १९ की डिजिटल कानून र नीति प्रमुख मारिया लुइसा स्टासीले भन्नुहुन्छ– यसले लोकतन्त्रलाई ठूलो हानि पुर्‍याएको छ र मानिसहरूलाई उनीहरूको मौलिक अधिकारको उल्लङ्घन पनि सामान्य लाग्ने खालको वाताववरण बनाउन प्रेरित गरेको छ । “यो समय अमेरिकी कंग्रेसले यस असीमित डिजिटल शक्तिलाई नियमन गर्न र अझ निष्पक्ष, विविधतायुक्त र नवप्रवर्तनमा आधारित अर्थतन्त्र फस्टाउनका लागि एवं मानिसहरूको छनौटको स्वतन्त्रताको अधिकारलाई सम्मान प्रदान गर्न आवश्यक निर्णय गर्न आर्टिकल १९ ले आह्वान गर्दै भनेको छ–“सुधार गर्ने समय आएको छ ।”

“ठूला प्रविधि कम्पनीहरूलाई मानवअधिकार र लोकतन्त्रलाई हानि पुर्‍याउने गरी धेरै ठूला र धेरै शक्तिशाली हुन अनुमति दिइएको छ,” डिजिटल राइट्सका नीति निर्देशक नाथालाई मार्सेलले भने–“यो प्रतिस्पर्धा प्रवद्र्धन कानूनको प्याकेज पारित गर्नु ठूला प्रविधि कम्पनीहरू उत्तरदायित्वको लागि आधारभूत पक्ष हो र भविष्यमा नव प्रवर्तनका लागि सबैलाई समान अवसर सिर्जना गरी सामाजिक सशक्तिकरण गर्ने महत्वपूर्ण कडी पनि हो ।”

त्यस्तै कंग्रेसले संघीय स्तरमा व्यक्तिगत गोपनीयताको रक्षा गर्न र व्यावसायिक सुशासनमा सुधार गर्न ठोस पहल गर्न आवश्यक छ– उहाँले भन्नुभयो ।

अमेरिकी कंग्रेसले ठूला प्रविधि कम्पनीले वर्षौंदेखि गैर–प्रतिस्पर्धी अभ्यास मार्फत् मानव अधिकारको रक्षालाई प्रोत्साहन नदिएको अवस्थाको अन्त्य गर्ने यो अवसर छोप्नु पर्नेतर्फ नागरिक संस्थाहरूले सचेत गराएका छन् । यतिबेला अमेरिकी विधायकहरूले ठूला कर्पोरेटहरूको लोभ गर्नुभन्दा पनि विश्वका जनतालाई अगाडि राखेर अडान लिनुपर्ने बेला आएको छ– वक्तव्यमा भनिएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २०:०५:५१ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology