Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रधानमन्त्रीद्वारा प्रचण्ड र मन्त्रीहरुसंग छलफल 

प्रधानमन्त्रीद्वारा प्रचण्ड र मन्त्रीहरुसंग छलफल 

प्रधानमन्त्रीद्वारा प्रचण्ड र मन्त्रीहरुसंग छलफल 

काठमाण्डौ, ४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिभिन्न मन्त्रीहरुसंग छलफल गर्नुभएको छ । आज पुल्चोकस्थित मन्त्रीहरुको सरकारी निवासमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुसंग छलफल गर्नुभएको हो । 
बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका ओली त्यसपछि पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापाको सरकारी निवासमा पुग्नुभएको थियो । गृहमन्त्रीसँगको छलफलमै क्रममा त्यहाँ अरु पाँचजना मन्त्रीहरू संग आकस्मिक रुपमा छलफल गर्नुभएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 
नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न उहाँकै निवासमा पुग्नुभएको हो । अध्यक्षद्वयबीच के विषयमा छलफल भयो भन्नेचाहिँ खुलेको छैन ।  पार्टीमा विवाद बढिरहेको बेला प्रधानमन्त्रीको पछिल्लो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १७:५६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology