Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान

कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान

कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान
images

चिसोमा जमाइएको मासु वा अन्य खानेकुरा सुरक्षित हुन्छ भन्ने आमधारणा छ तर त्यसो नहुने रहेछ। वैज्ञानिकहरूका अनुसार कोभिड–१९ को भाइरस सार्स-कोभ-२ रेफ्रिजेरेटेड वा फ्रोजन माछामासुमा करिब ३० दिनसम्म बाँच्न सक्छ र यसले संक्रमण निम्त्याउन सक्छ।

images
images

अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नल एप्लाइड एण्ड इन्भाइरोन्मेन्टल माइक्रोबायोलोजीमा प्रकाशित एउटा नयाँ अध्ययनले सार्स-कोभ-२ भाइरस रेफ्रिजेरेटेड वा फ्रोजन माछामासुमा एक महिनासम्म बाँच्न सक्ने देखाएको छ।

वैज्ञानिकहरूले सार्स-कोभ-२ सँग मिल्दोजुल्दो भाइरस भएका कुखुरा, विफ, पोर्क र साल्मन माछामा यो अनुसन्धान गरेका थिए। उनीहरूले यी उत्पादनहरूलाई ४ डिग्री सेल्सियस पर रेफ्रिजरेशन गर्नुका साथै माइनस २० डिग्री सेल्सियसमा फ्रिजरमा राखे।

यस अनुसन्धानमा संलग्न प्रमुख अनुसन्धानकर्ता एमिली एस बेलीका अनुसार मासुलाई फ्रिजमा ३० दिनसम्म भण्डारण गर्न नसके पनि फ्रिजरमा लामो समयसम्म भण्डारण गर्न सकिन्छ। बेलीको भनाईमा यो भाइरसले एक महिना जमेको अवस्थामा राख्दा पनि संक्रमण सक्ने पत्ता लागेको छ।

पहिले मानिसमा भाइरस नदेखिए पनि कोभिड–१९ को प्रकोप दक्षिणपूर्वी एसियाका ती ठाउँहरूमा फैलिरहेको थाहा पाएपछि वैज्ञानिकहरूले यो अनुसन्धान सुरु गरेका थिए। भाइरस मानिसहरूबाट नफैलिएकाले यसको फैलावटको पछाडि कारण पत्ता लगाउन यो अनुसन्धान भएको थियो।

उल्लेखनीय कुरा के छ भने यो भाइरसबाट हुने रोग कोभिड–१९ ले विश्वलाई नै आफ्नो चपेटामा पारेको छ।स्थिति साह्रै खराब भएपछि विश्व स्वास्थ्य संगठनले मार्च २०२० मा यसलाई विश्वव्यापी महामारी घोषणा गर्‍यो। त्यसयता यो महामारीले ५६ करोड ४० लाख मानिसलाई संक्रमित गरिसकेको छ भने अहिलेसम्म करिब ६३.८ लाख मानिस यस महामारीबाट मरिसकेका छन्।

यस सम्बन्धमा बेलीका अनुसार ती ठाउँमा प्रकाशित रिपोर्टमा ती ठाउँमा प्रयोग गरिने प्याकेज गरिएको मासुजन्य पदार्थ कोरोना भाइरस (सार्स-कोभ-२) को संक्रमण फैलिएको क्षेत्रमा उत्पादन हुने गरेको पाइयो। यस्तो अवस्थामा यी मासुजन्य पदार्थहरू यो भाइरसको संक्रमणको सम्भावित स्रोत हुन सक्छन्।

अध्ययनको नतिजा?

त्यसपछि यो भाइरस चिसो वातावरणमा लामो समयसम्म बाँच्न सक्छ कि सक्दैन भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाउनु पर्ने भयो। यस अनुसन्धानको नतिजाले यो सार्स-कोभ-२ भाइरस फ्रिजमा वा जमेको मासुमा एक महिनासम्म बाँच्न सक्ने कुरा स्पष्ट गरेको छ। यद्यपि अनुसन्धानकर्ताहरूका अनुसार चिसो ठाउँमा यो भाइरस भण्डारण गर्दा तिनीहरूको संख्यामा कमी आएको देखिएको छ। तर चिसो तापक्रममा भन्दा रेफ्रिजरेसनमा संख्यामा कमी आएको देखिएको थियो।

वैज्ञानिकहरूका अनुसार यो अनुसन्धान पनि महत्त्वपूर्ण छ किनभने सार्स-कोभ-२ भाइरसले हाम्रो आन्द्रा र श्वासप्रश्वासको नलीमा पनि प्रतिकृति बनाउन वा मुउटेशन गर्न सक्छ। यो अध्ययनका क्रममा, वैज्ञानिकहरूले आरएनए भाइरसका साथमा जनावरहरूमा पाइने अन्य दुई कोरोनाभाइरसहरू तथा मुरिन हेपाटाइटिस भाइरस (एमएचवी) र ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरसलाई सरोगेटको रूपमा प्रयोग गरेका थिए।

यस्तो अवस्थामा, वैज्ञानिकहरूको भनाइमा खाद्य वस्तुहरू प्याकेजिङ र भण्डारण गर्दाको समयमा यी भाइरसहरूको सम्पर्कमा नआओस् भनेर ध्यान दिनु आवश्यक छ। यसका साथै, प्याकेजिङ गर्नु अघि खानामा रहेका भाइरस र कीटाणुहरूलाई कीटाणुरहित गर्न आवश्यक छ।

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १०:२७:२५ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology