Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

अलैंचीको विक्रीबाट लमजुङका किसानको राम्रो आम्दानी 

अलैंचीको विक्रीबाट लमजुङका किसानको राम्रो आम्दानी 

सिआईएन

४, पौष २०७७
अलैंचीको विक्रीबाट लमजुङका किसानको राम्रो आम्दानी 
images

शान्ता कमली, लमजुङ, ४ पुस । नगदेबाली अलैंचीको विक्रीबाट लमजुङका किसानले राम्रो आम्दानी गरेका छन् । लमजुङमा यसवर्ष १८ करोड भन्दा बढिको अलैंची विक्री भएको छ । लमजुङका अलैंची किसानले यसवर्ष अलैंची दाना विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् । 
जिल्लामा उत्पादित तीन हजार ५ सय क्वीन्टल अलैंची विक्री हुँदा १८ करोड भन्दा बढि रकम जिल्ला भित्रिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताउनुभयो । किसानहरुले अलैंची प्रतिकिलो ५ सय २० रुपैयाँका दरले विक्री गरेका थिए । गतवर्ष जिल्लामा दुई हजार क्वीन्टल अलैंची उत्पादन भएको थियो र किसानले १२ करोड रुपैयाँ आम्दानी गरेका थिए । 
तर यसवर्ष अलैंची उत्पादनसँगै आम्दानी पनि बढेको छ । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आएको भएपनि एक हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन हुँदै आएको छ । जिल्लाको मस्र्याङ्दी, दोर्दी, दुधपोखरी र क्व्होँलासोथर गाउँपालिका तथा बेसीशहर, राइनास र मध्यनेपाल नगरपालिकामा अलैंची खेती गरीदै आएको छ । 

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १८:०६:११ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology