Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नयाँ बर्षको अवसरमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह 

नयाँ बर्षको अवसरमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह 

एजेन्सी

४, पौष २०७७
नयाँ बर्षको अवसरमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह 
images

विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभाँड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ ।  युरोपका देशहरुमा नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह गरेको हो । 
यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको बताईएको छ ।  विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले आज एक विज्ञप्ति प्रकाशन गरी यस्तो सुझाब दिनुभएको हो । उहाँले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्यको अवस्था देखिएकोले सजगता अपनाउन आह्वान गर्नुभएको छ ।  
आगामी नयाँ वर्षका अवसरमा युरोपमा पहिलेका वर्षहरुमा जस्तै बिदा मनाउने क्रममा पहिलेका वर्षहरुमा जस्तै ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने गर्नाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुनसक्ने उहाँले बताउनुभएको छ । चिसोको मौसममा युरोपेली देशहरुमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाउनुर्ने उहाँको सुझाव छ ।

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १८:११:०६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology