तनहुँ । नेपाली हिन्दु धर्मावलम्वी महिलाहरुले मनाउने ठूलो चाड हरितालीका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीज गीत आउने क्रम बढेको छ । यहि बिचमा तनहुँ आँबुखैरेनी गाउँपालिकाकी लोकदोहोरी गायीका सबिता परियारले नयाँ तिज गीत बजारमा ल्याएकी छिन्। उनले ‘माइलीले लाएको सारी...’ नामक तीजगीत बिहिबार आफ्नै आधिकारिक युट्युब च्यानल सबिता परियार अफिसियल बाट सार्वजनिक गरेकी हुन्।
गीतमा गायीका सबिता परियार आपैmले महिला स्वर दिएकी छिन् भने पुरुष स्वरमा उनलाई दोहोरी गायक सुमन परियारले साथ दिएका छन्। गितकार एवम् सर्जक सुनिल वि.सी.को उत्कृष्ट लय शब्द सृर्जना रहेको गीतको शब्द लेखनमा गायिका परियारले पनि सहयोग गरेकि छिन् । गितमा इन्द्र जिसीको संगित संयोजन रहेको छ ।
निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयस्तु दर्शाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।
काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा सुमन परियार, अनुप विष्ट, नारायणी खत्री र सुशिला परियारको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।
अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करन चौसिरले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् ।