Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लोकप्रिय गायिका सुनितामी परियारको तिज कोसेली ‘पिया राजै.....’ बजारमा

लोकप्रिय गायिका सुनितामी परियारको तिज कोसेली ‘पिया राजै.....’ बजारमा

इच्छाकामना न्युज

७, श्रावण २०७९
लोकप्रिय गायिका सुनितामी परियारको तिज कोसेली ‘पिया राजै.....’ बजारमा
काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । सोही क्रममा लोकप्रिय दोहोरी गायिका सुनितामी परियार र तेजु सनमको नयाँ तिज गित ‘पिया राजै’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

images

सुप्रसिद्ध दोहोरी गायिका सुनितामी परियारले गाएको गितमा गितकार तेजु सनमको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ भने गायिका परियारले संगित रचना गरेकि छिन् । गितमा कृष्ण विक भान्जाको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा तिजको मौलिकता संगै विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । सुनितामी परियार पछिल्लो समय प्रत्यक्ष दोहोरीमा पनि निकै व्यस्त देखिन्छिन् उनले गाएका दोहोरीहरु सर्वाधिक रुचाईएका छन् । केही समय अघि बजारमा आएको 'रुमाल साट्न पर्दैन, जुनेली रातैमा, ढुंगा जस्तो मन लगायत थुप्रै गितहरु चर्चाको शिखरमा छन् ।

मौसम हिमालीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा अञ्जली अधिकारि, सुनितामी परियार र तेजु सुनामको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

बिपि फिल्मस नेपालको पोष्ट प्रोडक्सनमा अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले छांयाकन एवम् प्रविन भट्टले सम्पादन गरेका छन् । गित SUNITAMI PARIYAR अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो लिंक:

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - २०:२७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology