Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै 

नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै 

सिआईएन

५, पौष २०७७
नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै 
images

काठमाण्डौ, ५ पुस । सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । 
त्यसअघि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली  र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको छुट्टाछुट्टै अनौपचारिक छलफल र भेटघाट भइरहेका छन् । प्रचण्ड–नेपाल समूहका नेताहरू प्रचण्ड निवास खुमलटारमा पुगेका छन् । आफूहरू अनौपचारिक कुराकानीका लागि खुमलटारमा पुगेको स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । 
आफूलाई बिभिन्न लाञ्छना लगाएर बनाइएको प्रतिवेदन फिर्ता लिएमा मात्र स्थायी कमिटिको बैठकमा भाग लिने हिजोको प्रचण्डसँगको छलफलमा ओलीले बताएका कारण आजको बैठकमा प्रधानमन्त्री ओली आउने वा नआउने टुङ्गो नलागेको नेताहरूले बताएका छन् । नेकपाका दुवै पक्षका नेताहरूको छलफल र तयारीअनुसार स्थायी कमिटी बैठक लम्बिने सम्भावना छ । 
दाहाल–नेपाल पक्षधर नेताहरू अहिले पार्टीले केही निर्णय गर्दा संसद् नभएकाले अध्यादेशमार्फत ओलीले थप कदम चाल्न सक्ने हुनाले बैठक लम्ब्याउने मनस्थितिमा पुगेका छन् । अध्यक्ष दाहालले शुक्रबार प्रदेश १ का आफूपक्षीय नेताहरूको भेलामा अबको १०÷१२ दिन नेकपाका लागि निर्णायक हुने भन्दै यसको संकेत गर्नुभएको थियो । ओलीपक्षीय नेताहरू भने सकेसम्म समय घर्काएर विरोधी खेमाका नेतालाई आफ्नो पक्षमा पार्ने तयारीमा जुटेका छन् । 

images
images

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - ०९:००:२३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology