कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले निर्माण गर्न थालेर अलपत्र परेको इच्छाकामना अस्पतालको बारे महालेखा परीक्षकको कार्यालयले अस्पताल निर्माण सम्पन्न हुने विश्वस्त आधार नभै गाउँपालिकाले अस्पताल निर्माणको काम सुरु गरेको जनाएको छ। महालेखाले सार्वजनिक गरेको ५९ औं प्रतिवेदनको २९ नं. बुदाँमा अस्पताल निर्माणमा गाउँपालिकाले गरेको गल्ति बारे ३ वटा बुदाँ सहित ब्याख्या गरेको छ ।
प्रतिवेदनमा उल्लेख भएको अनुसार गाउँपालिकाले पूर्ण लागत अनुमान तयार नगरेको जसका कारण स्रोत सुनिश्चित गर्न नसकेको, सुरुको डिजाइनमा सबै आईटम समावेश नगरी एउटै निर्माण कार्यमा समेत २ निर्माण कम्पनी मार्फत काम गराएको र जसका कारण गाउँपालिकालाई लाखौ रुपैयाँ अतिरित्त भार पारेको साथै गुणस्तरमा समेत प्रश्न उठेको जनाएको छ।
यस्तै अस्पताल निर्माणको लागि गाउँपालिकाले जग्गा प्राप्ति तराई मधेश कार्यक्रम अन्तर्गत बजेट स्वीकृत भएपनि मापदण्डअनुसारको जग्गा लिजमा लिन वा उपलब्ध गराउन नसकेको, जग्गा प्राप्ति नहुँदा थप डी.पी.आर.हुन नसकेको, जग निर्माण भइसकेको भवनको स्तरोन्नती सहितको डि. पि. आर. को प्रक्रियामा जान नसकेको जस्ता कारणले अस्पताल निर्माणको काम सम्पन्न हुनेमा आशंका गरेको छ। भने यस्तो कुरामा गाउँपालिकाले ध्यान पु¥याउनुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।
