Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पोखराको रुपातालमाथिको झोलुङ्गे पुल : पर्यटक आकर्षणका लागि गन्तव्य बन्दै

पोखराको रुपातालमाथिको झोलुङ्गे पुल : पर्यटक आकर्षणका लागि गन्तव्य बन्दै

इच्छाकामना न्युज

११, श्रावण २०७९
पोखराको रुपातालमाथिको झोलुङ्गे पुल : पर्यटक आकर्षणका लागि गन्तव्य बन्दै

पोखरा । पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकीय आकर्षणका लागि तालमाथि पुल बनाइएको हो । २ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर ६ जोड्ने गरी पुल निर्माण गरिएको हो ।

images

पुलको उद्घाटन नहुँदै पर्यटकहरू घुम्न जाने क्रम बढेको पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको उक्त पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार लागतमा बनेको हो । ‘तालमाथि झोलुङ्गे पुल यो नै पहिलो होला । अहिले दिनदिनै फोटो खिच्न आउनेहरूको हुल लाग्छ,’ उनले भने, ‘सम्भावना भएर पनि पछाडि परेको रुपा क्षेत्र यही पुलका कारण चहलपहल बढ्ने विश्वास छ ।’

४ वर्षअघि निर्माण सम्झौता भएको पुल कोरोना संक्रमणका कारण रोकिएको थियो । पुल ३ वर्ष ढिलो गरी निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले जानकारी दिए । २०७६ साल जेठ २१ गते एक वर्ष भित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो ।

 

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०७:५९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology