काठमाडौं, ५ पुस । मन्त्रिपरिषद् बैठकको निर्णयसहित प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् ।
आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुरुप संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् ।
सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।
सरकारको यस्तो कदमको अहिले चौतर्फी विरोध भइरहेको छ ।