Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

संसद विघटन, मध्यावधि निर्वाचनको मिती तय, वैशाख १७ र २७ गते दुई चरणमा चुनाव हुने

संसद विघटन, मध्यावधि निर्वाचनको मिती तय, वैशाख १७ र २७ गते दुई चरणमा चुनाव हुने

संसद विघटन, मध्यावधि निर्वाचनको मिती तय, वैशाख १७ र २७ गते दुई चरणमा चुनाव हुने
images

काठमाण्डौ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ।  मन्त्रि परिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधि सभाको मध्यावधि निर्वाचन समेत तोकिएको छ। 
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष लैजानुभएको थियो । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षीदलहरुले समेत संविधान विपरीत भएको बताएका थिए । 
तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गर्नुभएको हो । 

images
images

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १८:१३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology