काठमाण्डौ, ५ पुस । संसद विघटनको विरोध गर्दै सातमन्त्रीले सामूहिक राजीनाम ादिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राययादव छन् । अन्य मन्त्रीहरुले भने राजीनामा दिएनन् ।