Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छकामनामा वेथिति

महालेखा भन्छ : इच्छाकामना गाउँपालिकाले लाखौ रुपैयाँको सामान किन्छ तर महिनौसम्म प्रयोगमा ल्याउदैन

महालेखा भन्छ : इच्छाकामना गाउँपालिकाले लाखौ रुपैयाँको सामान किन्छ तर महिनौसम्म प्रयोगमा ल्याउदैन

चित्र बहादुर गुरुङ

१४, श्रावण २०७९
महालेखा भन्छ : इच्छाकामना गाउँपालिकाले लाखौ रुपैयाँको सामान किन्छ तर महिनौसम्म प्रयोगमा ल्याउदैन
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले लाखौ रुपैयाँ खर्च गरेर सामान खरिद गरे पनि प्रयोगमा नल्याउने गरेको पाईएको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औं प्रतिवेदन सार्वजनिक गर्दै गाउँपालिकाको यस्तो वेथिति बारे उल्लेख गरेको हो।

images
images

गाउँपालिकाले मिति २०७७ असार २२ गते लाईफ केयर स्यानीटेरी एण्ड न्याफिकन उद्योग प्रा.लि. सँग सामुदायिक विद्यालयका छात्राहरुको लागि निःशुल्क सेनिटरी प्याड वितरण गर्न ७ लाख ५४ हजार ३ सय २४ रुपैयाँ खर्च गरेर ३१ हजार ७ सय ६१ प्याकेट सेनिटरी प्याड खरिद गरेको देखिएको तर उक्त सामाग्री ८ महिनासम्म पनि वितरण नगरेको पाईएको प्रतिवेदनमा उल्लेख छ। 

यस्तै २०७८ जेठ ३१ गते लालिगुराँस इन्फोटेक प्रा.लि. सँग ४ लाख ५२ हजार रुपैयाँ खर्च गरेर खरिद गरेको इ हाजिर सफ्टवेयर १० महिनासम्म पनि प्रयोग नगरेको र कृषि शाखा मार्फत ल्याव स्थापना गर्न Digital Soil Testing Mini Lab 14 Parameter Set with Digital soil Testing Meter pen drive Electrode meter PH Electrode Met विटिएल ट्रेड प्रा. लि. सँग ४ लाख ९८ हजार रुपैयाँ खर्च गरि खरिद गरिएकोमा उक्त ल्याव नै स्थापना नगरि सामाग्री थन्क्याएर राखिएको महालेखाले जनाएको छ ।

यतिमात्र नभै संघिय सरकारबाट हस्तान्तरित सुधारिएको चुल्हो कार्यक्रम अन्तर्गत सनस्टार मल्टिप्रपोज कम्पनी प्रा. लि. बाट १ लाख ९६ हजार ६ सय २० रुपैयाँ खर्च गरी ४० थान सुधारिएको चुल्हो खरिद गरि वितरण नै नगरी स्टोरमा थन्काएर राखेको र गाउँपालिकामा आफ्नै प्राविधिक हुदाँहुदै उक्त चुल्हो खरिदको लागत अनुमान तथा सम्भाव्यता अध्ययनको लागि भन्दै ईन्भेनटिभ पावर एड कन्सल्टेन्सी प्रा. ली. सातोवाटो काठमाडौलाई परामर्श खर्च वापत ९७ हजार ९ सय ७१ रुपैयँ भुक्तानी दिएको देखिन्छ । 

गाउँपालिकाले गरिविनिवारणको लागि लघुउद्यम विकास कार्यक्रम संचालनको लागि भन्दै ३ लाख २३ हजारको सिलाई मेसिन, ३५ हजार ९ सय १० को कपडा, ७० हजारको मिनि टिलर, ३० हजारको त्रिपाल, १७ हजारको ड्रकर, १७ हजारको फिडर र ५८ हजारको ल्यापटप खरिद गरि ५ लाख ५१ हजार ८ सय ७० रुपैयाँ खर्च गरेको तर ती खरिद भएको सामाग्री स्टोरमा दाखिला पनि नभएको साथै वितरण भएको भर्पाइ पनि नभएको देखिएको महालेखाले प्रतिवेदनमा जनाएको छ।

यसरी गाउँपालिकाले लाखौ रुपैयाँ खर्च गरेर सामाग्री खरिद गर्ने र महिनौसम्म प्रयोग नगर्ने लगत अभिलेख, बिल, भर्पाइ केहि पनि नराख्ने देखिएकोले यस्तो कार्यले गाउँपालिकामा आर्थिक विकृति देखिएको उल्लेख छ । यस्तो कार्यको अन्त्य गर्न महालेखाले प्रतिवेदनमा लेखेको छ।

saman.jpg

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ११:११:४५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology