Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विश्वभर कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो 

विश्वभर कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो 

एजेन्सी

७, पौष २०७७
विश्वभर कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो 

काठमाण्डौं, ७ पौष । 
विश्वभर कोरोनाभाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो । 
यस्तै आज विहान सम्म सङ्क्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८५ हजार ९२२ जना  सङ्क्रमणमुक्त भएका छन् । योसँगै विश्वभर सङ्क्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९४९ पुगेको हो । 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख३४ हजार बढीमा सङ्क्रमण भएको छ । योसँगै विश्वभर सङ्क्रमित संख्या ७ करोड ७७लाख नाघेको छ । हाल विश्वमा २ करोड १४ लाख १५ हजार ५७९ सक्रिय सङ्क्रमित छन् तीमध्ये १ लाख ६ हजार २७९ जना गम्भीर बिरामी छन् । 

images

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १८:१०:०४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology