काठमाण्डौं, ७ पौष ।
नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड नेपालपक्षले केपीशर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ । आज बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्काे अध्यक्ष बनाउने निर्णय गरेको छ । नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए। यसैबीच कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थापालाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबी गर्नुभयो । साथै केपीओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ । प्रचण्डले केपी ओली माथि एक तिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ?भनेर प्रश्नगर्नुभएको छ । बैठकमा प्रचण्डले ‘विघटन भएको सरकार हो, संसद होइन भन्नु भएको थियो ।