काठमाण्डौं, ७ पौष ।
नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या दुई लाख ४५ हजार भन्दा धेरै भएको छ।
नेपालमा गएको २४ घण्टामा नौ सय ६६ जना कोरोनामुक्त भएसँगै कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४५ हजार सात सय नौ पुगेको हो ।
यस्तै गएको २४ घण्टामा सात हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सात सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार दुई सय ३६ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय २९ जना रहेको छ ।
यस्तै गएको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९८ पुगेको छ ।