Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चीनसँग जोडिएको हुम्लाको सीमानाका नखुल्दा नागरिकलाई सास्ती 

चीनसँग जोडिएको हुम्लाको सीमानाका नखुल्दा नागरिकलाई सास्ती 

इच्छाकामना न्युज

२२, श्रावण २०७९
चीनसँग जोडिएको हुम्लाको सीमानाका नखुल्दा नागरिकलाई सास्ती 

नवराज महतारा, हुम्ला । हुम्लासँग जोडिएको चीनको सीमानाका ठप्प छ । राष्ट्रिय राजमार्गसँग नजोडिएको र जिल्ला सदरमुकाम सिमकोट आवत जावत गर्न वर्षको ६ महिना मात्रै बाटो खुल्ने हुम्लामासीमानाका बन्द भएपछि दैनिक उपभोग्य वस्तुको जोहो गर्न समेत सकस हुन थालेको छ ।

images

उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाको लिमि, यारी, हिल्साका नागरिकका लागि नुनदेखि उनसम्मका दैनिक उपभोग्य सामग्रीका लागि छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमै भर पर्नु पर्छ । कोरोना सङ्क्रमणले गएको तीन वर्षदेखि उक्त नाका पूर्ण रुपमा बन्द छ ।

स्थानीय उत्पादनले वर्षको तीन महिनापनि नपुग्ने नाम्खाका तिल, हल्जी, जाङ्ग, यारी, हिल्सा लगायतका बस्तीका नागरिकलाई दैनिक उपभोग्य वस्तु कसरी पु¥याउने भन्ने सकस छ । सीमानाका लामो समय बन्द भएपछि स्थानीय नागरिकलाई घरदेखि नजिकै पर्ने रोजगारको भरपर्दो माध्यम पनि बन्द भएको छ ।

चीनको ताक्लाकोट बजारमा आफूले नियमित रुपमा गर्दै आएको रोजगार समेत बन्द भएपछि परिवार पाल्नै मुस्किल भएको नाम्खाका स्थानीय लालबहादुर लामाको दुखेसो छ ।

कोरोना सङ्क्रमणको दरमा केही कमी आएसँगै स्थानीय सरकार र स्थानीय प्रशासनले नाका खोल्न चीनको स्थानीय प्रशासन र नेपाल सरकारलाई लिखित र मौखिक रुपमा आग्रह गर्दै आएको छ । तरपनि दुई देशबीच कोभिड प्रोटोकल तयार नभएको भन्दै नाका खुलेको छैन ।

नागरिक र स्थानीय सरकारको आग्रहमा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई ताकेता गरेपनि अहिलेसम्म नाका खोल्ने विषयमा स्थानीय प्रशासन समक्ष कुनै सूचना नआएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले बताउनुभयो ।

कोरोना सङ्क्रमणको कारण देखाउँदै चीनसँगकोसीमा जोडिएको हिल्सा नाका बन्द भएपछि नाम्खा गाउँपालिकाकाबासिन्दाको दैनिक रोजिरोटी खोएिको छ भने जनैपूर्णिमाको अवसर पारेर कैलाश मानसरोवरको दर्शन गर्न जाने बाजुरा, मुगु र हुम्लादेखिका सयौँ धामी डाँगरहरूको दर्शन गर्ने बाटोसमेत बन्द भएको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७९ आइतवार - ०९:२६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology