Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रचण्ड–नेपाल समूहको महासचिवमा विवाद हुदा टुङ्गो लाग्न सकेन

प्रचण्ड–नेपाल समूहको महासचिवमा विवाद हुदा टुङ्गो लाग्न सकेन

इच्छाकामना न्युज

१०, पौष २०७७
प्रचण्ड–नेपाल समूहको महासचिवमा विवाद हुदा टुङ्गो लाग्न सकेन

काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अझै महासचिव टुंग्याउन सकेको छैन । विहीबार बसेको स्थायी समिति बैठकपछि महासचिव बनाउने विषयमा विवाद सिर्जना भएको छ ।

images

प्रचण्ड–नेपाल समूहमा महासचिवका लागि आकांक्षी धेरै हुँदा विवाद भएको हो । विवाद हुँदा महासचिव टुंगो लाग्न सकेन । बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने गरी प्रक्रिया अघि बढाएपनि विवादपछि महासचिवको टुंगो लाग्न नसकेको हो ।

बिहीबार विहान सिनामंगलमा बसेको नेताहरुको अनौपचारिक छलफलले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने सहमतिपछि पेरिसडाँडामा सचिवालय बैठक बसेका थिए । सो बैठकले पनि पाण्डेलाई नै महासचिव बनाउने प्रस्ताव स्थायी समितिमा पेश गरेको थियो ।

स्थायी समितिमा भने त्यस विषयमा विवाद भएको थियो । स्थायी समितिमा रहेका नेताहरुबीचमै आकांक्षा बढी देखिएपछि निर्णयमा पुग्न सकेन ।

स्थायी समितिको बैठकमा विवाद भएपछि केन्द्रीय समिति बैठकको महासचिव अनुमोदन गर्ने प्रस्ताव हटाइएको थियो ।

महासचिवको आकांक्षा राख्नेमध्येमा हरिबोल गजुरेल पनि एक हुन् । आकांक्षीमध्ये गजुरेल वरिष्ठ भएकाले पनि उनलाई बनाउनुपर्ने एक पक्षको दावी छ । उनले पनि आफूले महासचिवको जिम्मेवारी पाउनुपर्ने दावी नेताहरुसँग राखेको स्रोतको भनाइ छ ।

त्यस्तै, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा लगायतका नेताहरुको पनि महासचिवमा दावी छ ।

आकांक्षी नेताहरु बढेकाले तत्काललाई महासचिवको टुंगो नलगाई अघि बढ्ने निधो गरिएको एक नेताले बताए । अहिले आन्दोलन गर्नुपर्ने बेला भएकाले महासचिवको विवादतिर नलाग्ने निचोड नेताहरुको छ । महासचिवको विवाद चर्कँदा आन्दोलन कमजोर हुने निष्कर्षका साथ तत्काल अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछि निर्णय लिने नेताहरुलाई बताएका छन् ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १७:१८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology