Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चुनावलाइ लक्षित गर्दै काँग्रेसले सङ्गठन सुदृढिकरण अभियान सञ्चालन गर्ने 

चुनावलाइ लक्षित गर्दै काँग्रेसले सङ्गठन सुदृढिकरण अभियान सञ्चालन गर्ने 

इच्छाकामना न्युज

२८, श्रावण २०७९
चुनावलाइ लक्षित गर्दै काँग्रेसले सङ्गठन सुदृढिकरण अभियान सञ्चालन गर्ने 

काठमाण्डौ । सत्तारुढ नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरि १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।

images

आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनलहर सिर्जना गर्ने गरि भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।  

यसअघि स्थानीय तहको सम्मुखमा काँग्रेसले घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियान सञ्चालन गरेको थियो ।  त्यस्तै प्रकृतिको अभियान फेरि सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ रहेको छ ।  

यसअघि भदौ २ देखि २४ गतेसम्म सञ्चालन गर्नेभन्ने केन्द्रीय समिति बैठकको तयारी थियो । तर, प्राविधिक कारणवश त्यसलाई स्थगित गरेर १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने समेत निर्णय गरेको छ । तर, कुन जिल्लामा कसलाई पठाउने भन्ने टुंगिएको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १९:०५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology