Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमु ल्होसारको पुर्व सन्ध्यामा ‘‘जनगणनामा ‘वोन धर्म’ लेख्न लेखाउन वृहत अन्तरक्रिया आयोजना गर्दै तमु प्ये ल्हु संघ चितवन

तमु ल्होसारको पुर्व सन्ध्यामा ‘‘जनगणनामा ‘वोन धर्म’ लेख्न लेखाउन वृहत अन्तरक्रिया आयोजना गर्दै तमु प्ये ल्हु संघ चितवन

इच्छाकामना न्युज

१०, पौष २०७७
तमु ल्होसारको पुर्व सन्ध्यामा ‘‘जनगणनामा ‘वोन धर्म’ लेख्न लेखाउन वृहत अन्तरक्रिया आयोजना गर्दै तमु प्ये ल्हु संघ चितवन

चितवन, १० पुस । आउदै गरेको तमु ल्होसारको पूर्व सन्ध्यामा राष्ट्रिय जनगणनामा ‘वोन धर्म’ लेख्न लेखाउन तमू प्ये ल्हू संघ चितवनले वृहत अन्तरक्रिया आयोजना गर्दैछ। भोली पुस ११ गते चितवन स्थित नारायणी नदी किनारमा संघले राष्ट्रिय जनगणनामा ‘वोन धर्म’ लेख्न लेखाउन  तमू ल्होसार पर्वको अवसर पारेर वृहत अन्तरक्रिया आयोजना गर्न लागेको हो।
भोली हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी गरिसकेको संघका सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो। सचिव गुरुङले दिनुभएको जानकारी अनुसार यस पटक संघले गत वर्ष देखि संचालन गरिरहेको राष्ट्रिय जनगणनामा ‘वोन धर्म’ लेखौ लेखाऔ भन्ने अभियानलाई निरन्तरता दिने गरि तमु ल्होसार मनाउने तयारी गरेको हो। कार्यक्रम सम्बन्धमा बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरेर पुस ११ गते नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर ल्होसार मनाउने तयारी गरेको संघले जानकारी गराएको थियो। सो कार्यक्रममा यसवर्ष प्ये ल्हू संघ चितवनले २०७८ सालको जनगणनामा गुरूङहरुलाई धर्मको स्तम्भमा ‘वोन धर्म’ लेख्न लगाउने अभियान चलाउने संघका वरिष्ठ उपाध्यक्ष तुलाराम गुरूङले जानकारी दिनुभएको थियो। गुरूङहरुले मान्दै आएको वोन धर्मलाई अपभ्रंश गरी बौद्ध धर्म भनेर प्रचार गर्ने क्रम नरोकिएकोले यसलाई अभियानकै रुपमा सञ्चालन गर्न लागेको उहाँले बताउनु भएको थियो।
चितवन जिल्लामा रहेका २२ वटा इकाइमार्फत देशभरका गुरूङ समुदायले धर्मको स्तम्भमा वोन लेख्न लगाउने अभियान चलाउन जिल्लाले निर्देशन दिइसकेको संघले जनाएको थियो। संघको केन्द्रीय समितिबाट भएको निर्देशनलाई नै जिल्लाले पालना गर्न लागेको संघका सचिव बिक्रम गुरूङले जानकारी दिए। 
यस्तै संघका सचिव गुरुङका अनुसार भोली पुस ११ गते नदी किनारमा हुने कार्यक्रममा संघको केन्द्रीय अध्यक्ष हितकाजी गुरूङको उपस्थितिमा वोन धर्मको विषयमा बृहत् अन्तरक्रिया हुनेछ। साथै ल्होसार पर्वलाई राष्ट्रिय पर्वको रुपमा स्थापना गर्न सरकारसँग माग जारी राखिने छ।
गुरूङ शास्त्रअनुसार हरेक वर्ष पुस १५ गते नयाँ वर्ग परिवर्तन हुने गर्छ। यसवर्ष च्यु ल्हो (मुसा वर्ग)को विदाईसँगै ल्वों ल्हो (गाई वर्ग)लाई स्वागत गरेर ल्होसार मनाउँदैछन्। सोही अवसरमा ११ गते नै वृहत् कार्यक्रम आयोजना गरेर पर्व मनाउन लागेको हो। पुस १५ गते भने सबै इकाइले आ–आफ्नो इकाइमा ल्होसार पर्व मनाउँछन्।

images

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १७:४५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology