Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोनाका कारण १० महिनादेखि बन्द लाईसेन्सको परीक्षा एक हप्ता पछि खुल्ने

कोरोनाका कारण १० महिनादेखि बन्द लाईसेन्सको परीक्षा एक हप्ता पछि खुल्ने

पत्रपत्रिका

११, पौष २०७७
कोरोनाका कारण १० महिनादेखि बन्द लाईसेन्सको परीक्षा एक हप्ता पछि खुल्ने

काठमाण्डौ, ११ पुस । कोभिड १९ को कारणले १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ ।

images

यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पुसको दोस्रो सातादेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागेको बताए ।

‘लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा पुसको दोस्रो सातादेखि सुरु गर्ने तयारीमा जुटिसकेका छौं,’ उनले भने, ‘यातायात व्यवस्था कार्यालयलाई पुसको दोस्रो सातादेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको लागि आवश्यक तयारी गर्न अनुरोध गरिसकेका छौं ।’

महानिर्देशक हमालले विभागले सम्भवत् शुक्रबार मुलुकभर रहेका १७ वटा यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेर आगामी सातादेखि सञ्चालन गर्न अनुरोध गर्ने दावी गरे । ‘कोभिड १९को जोखिमको बावजुत आवश्यक स्वास्थ्य सतर्कता अपनाए लाइसेन्स सेवा दिन खोजेका हौं,’ उनले भने, कार्यालयले पनि आवश्यक तयारी गरिसकेका छन् ।’

गत चैतदेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन नहुँदा करिव पाँच लाखभन्दा धेरै सेवाग्राही प्रभावित हुदैं आइराखेका छन् । संघीय सरकारले गत असोज १ गतेदेखि मुलुकभर लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा ल्याएको थियो । चैतदेखि लाइसेन्सको ट्रयाल नखुल्दा सेवाग्राही मर्कामा पर्दै आइरहेका छन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - ०८:३४:२९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology