Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सिट बाँडफाँडको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक बस्दै 

सिट बाँडफाँडको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक बस्दै 

इच्छाकामना न्युज

२, भाद्र २०७९
सिट बाँडफाँडको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक बस्दै 
images

काठमाण्डौ । सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक आज बस्दैछ । सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले १० दिनमा पनि कुनै प्रगति गर्न नसके पछि शिर्ष नेताहरूको बैठक आज बस्न लागेको हो ।

images
images

सिट बाँडफाँडको आधार र सङ्ख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले हिजोको बैठकमा प्रस्ताव पेस नगरेपछि गठबन्धनका शिर्ष नेताको बैठक बोलाइएको छ । बैठक आज बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलका सदस्य रामसहायप्रसाद यादवले बताउनुभयो ।

कार्यदल गठन भएयता ४ बैठक बसेपनि सिट बाँडफाँडको आधारलाई लिएर काँग्रेस र अन्य चार दलबीच सहमति बन्न सकेको छैन । सोही कारण साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामा छ ।

हिजो बसेको कार्यदल बैठकमा संयोजक सिटौलाले शिर्ष तहमा छलफल गरेर प्रारम्भिक खाका ल्याउने तयारी गरे पनि आधारको विषय नै टुङ्गो लाग्न नसकेपछि खाका प्रस्तुत हुन सकेन ।मुख्य आधार नै टुंगिन नसकेपछि कसले कति सिट पाउने भन्ने विषयमा अन्योल देखिएको छ । 

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०९:२७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology