Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सरकारमा रहेका दलबीच सिटको भागबण्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै 

सरकारमा रहेका दलबीच सिटको भागबण्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै 

इच्छाकामना न्युज

७, भाद्र २०७९
सरकारमा रहेका दलबीच सिटको भागबण्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै 
images

काठमाण्डौ । सरकारमा रहेका दलहरूबीच आगामी प्रदेश र सङ्घको चुनाव केन्द्रीत सिट बाँडफाँडको बारेमा छलफल गर्न कार्यदलको बैठक आज पनि बस्दै छ। सत्ता गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभा चुनावका लागि सिट बाँडफाँटको विषय चुनौतीपूर्ण बन्दै गएको छ ।

images
images

केही दिन यता शीर्ष नेता र कार्यदलका सदस्यबीचमा यसबारेमा निरन्तर छलफल भइरहे पनि कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारेमा टुङ्गो लाग्न नसकेका कारण आज फेरि बैठक बस्न लागेको हो ।

यसअघि हिजो बसेको बैठकले सिट बाँडफाँडबारे सहमति जुटाउने भने पनि बैठक निस्कर्षविहीन भएको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकबाट सिट बाँडफाँटबारे टुङ्गोमा पुग्ने बताउनुभयो । 

 

 

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०९:१६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology