Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्थानीय तहको निर्वाचनमा खसआर्य समुदायका ४४ प्रतिशत जनप्रतिनिधि निर्वाचित

स्थानीय तहको निर्वाचनमा खसआर्य समुदायका ४४ प्रतिशत जनप्रतिनिधि निर्वाचित

इच्छाकामना न्युज

८, भाद्र २०७९
स्थानीय तहको निर्वाचनमा खसआर्य समुदायका ४४ प्रतिशत जनप्रतिनिधि निर्वाचित
images

काठमाण्डौ । गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा सबै भन्दा धेरै खसआर्य समुदायका ४४ दशमलब २ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका पाइएको छ ।

images
images

दोस्रोमा आदिबासी जनजाती समुदायका ३२ दशमलब ३ प्रतिशत, मधेसी समुदायको तर्फबाट प्रमुख र उपप्रमुखमा १४ दशमलव ३ प्रतिशत उम्मेद्वार निर्वाचित भएका छन् भने थारु समुदायका निर्वाचित जनप्रतिनिधि ३ दशमलव ६ प्रतिशत रहेको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ ।

यस्तै दलित समुदायको १ दशमलव ९ प्रतिशत जनप्रतिनिधि निर्वाचित हुँदा मुस्लिम समुदायका १ दशमलव ३ प्रतिशत रहेको आयोगका सहसचिब गोबिन्द पोखरेलले बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा यौनिक तथा लैङ्गिक अल्पसङख्यक समुदायका प्रतिनिधि भने निर्वाचित भएका छैनन ।

यस्तै गत स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिएका महिलाहरु मध्ये २५ प्रतिशत निर्वाचित भएका आयोगले जनाएको छ । प्रमुखमा २ सय २९ जनाले उम्मेद्वारी दर्ता गराएकोमा १३ जना निर्वाचित भएका छन् ।

उपप्रमुखमा १ हजार ४३४ जनाको उम्मेद्वारी परेको जम्मा २३३ जना महिला उपप्रमुख निर्वाचित भएका आयोगले जनाएको छ । अध्यक्षमा १५५ जनाको उम्मेद्वारी परेकोमा १२ जना महिला निर्वाचित भएका थिए ।

उपाध्यक्षमा १ हजार ६४३ जनाको उम्मेदवारी दर्ता भएकोमा ३३५ जना मात्रै निर्वाचित भएका आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७९ बुधवार - ०९:४२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology